अफगानिस्तानले २०२५ मा केशर निर्यातबाट ६ करोड ७५ लाख डलर आम्दानी गर्यो
२०८२ पुस २५ गते

काठमाडौं । अफगानिस्तानले सन् २०२५ मा ३८ टन केशर निर्यात गरी ६ करोड ७५ लाख अमेरिकी डलरभन्दा बढी राजश्व संकलन गरेको छ । कुल उत्पादनको ९५ प्रतिशत हिस्सा पश्चिमी हेरात प्रान्तबाट प्राप्त भएको हो ।
अफगान केशरले १० औं पटक विश्वकै उत्कृष्ट गुणस्तरको श्रेणीमा पहिलो स्थान हासिल गरेको छ । स्थानीय रूपमा रातो सुन भनिने यो बहुमूल्य मसला हालप्रति किलो करिव १, हजार ५ सय ९ अमेरिकी डलरमा विक्री भइरहेको छ ।
२०८२ पुस २५ गते
प्रतिक्रिया









