गोरखामा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु

गोरखा । गोरखामा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।

पालुङटार नगरपालिका–३ बोगटीगाउँका २८ वर्षीय शङ्कर सुनारको कुटपिटबाट २१ वर्षीया श्रीमती अनुस्का परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

आज बिहान ११ बजेतिर श्रीमान्को कुटपिटबाट घाइते भएकी अनुस्कालाई उपचारका लागि आँपपीपल अस्पताल पठाइएको तर अस्पतालले दिउँसो १ः४० बजे मृत्यु भइसकेको घोषणा गरेको प्रहरी निरीक्षक राजन लम्सालले बताए ।

“शङ्कर सुनारको कुटाइबाट बिहान ११ः३० श्रीमती अचेत अवस्थामा रहेको भन्ने सूचना हामीलाई १२ः२० बजे प्राप्त भयो”, उनले भने “खबर पाउनासाथ घटनास्थल पुगी घाइतेलाई अस्पताल पुर्‍याउँदा अस्पतालले मृत्यु भइसकेको घोषणा गर्‍यो ।”

प्रहरीले शवको मुचुल्का गरी शव परीक्षणका लागि प्रदेश अस्पताल गोरखामा पठाएको उनले बताए ।

कुटपिट गर्ने शङ्कर सुनार पनि घाइते रहेको र उनको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको प्रहरी निरीक्षक लम्सालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 18 =