राइटपाथ दशौँ वर्षमा प्रवेश, भव्य रूपमा मनाइयो वार्षिकोत्सव (तस्बिरहरू)

काठमाडौँ । राइटपाथ करियर काउन्सिलिङले आफ्नो नवौँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ ।
बिहीबार प्रधान कार्यालय पुतलीसडकमा आयोजित विशेष कार्यक्रमबीच संस्थाले उत्सव मनाएको हो ।
राइटपाथको वार्षिकोत्सवमा विद्यार्थी, अभिभावक, शिक्षा क्षेत्रका विभिन्न व्यक्तिहरूको सहभागिता थियो । कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष शेषराज भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
अध्यक्ष भट्टराईले राइटपाथलाई दशौँ वर्षमा प्रवेश गरेकोमा हार्दिक शुभकामना दिँदै यो संस्था नेपालमा मात्र नभई विदेशमा पनि उत्तिकै लोकप्रिय र विश्वसनीय रहेको बताए । उनले इक्यानमा राइटपाथ एउटा सम्झनलायक र उत्कृष्ट संस्था भएको प्रशंसा गरे ।
यस्तै, संस्थाकी ब्राण्ड एम्बेस्डर अस्मि श्रेष्ठले सम्पूर्ण विद्यार्थी र अभिभावकलाई शुभकामना व्यक्त गरिन् । राइटपाथको परिवारको हिस्सा बन्न पाएकोमा उनले खुसी व्यक्त गरिन् । उनले संस्थाबाट अब्बल शैक्षिक परामर्श प्रदान गर्न पाएकोमा गर्व लागेको सुनाइन् ।
त्यस्तै, राइटपाथका सिइओ फिलिप डिसीले वार्षिकोत्सवको अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक र शुभचिन्तकहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरे ।
उनले आगामी दिनमा अझ गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्ने र छिट्टै थप शाखाहरू विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
राइटपाथले काठमाडौँको पुतलीसडकमा मुख्य कार्यालयसहित बानेश्वर, कीर्तिपुर, ललितपुर, चितवन, हेटौँडा, दाङ, बुटवल, धनकुटा र इटहरीमा शाखा सञ्चालन गर्दै आएको छ ।
संस्थाले बेलायत, अस्ट्रेलिया, न्युजिल्यान्ड, क्यानडा, माल्टा, युएई र अमेरिका जस्ता लोकप्रिय शैक्षिक गन्तव्यहरूका लागि विश्वसनीय परामर्श सेवा प्रदान गर्दै आएको छ ।
नवौँ वर्ष पूरा गरी दशौँ वर्षमा प्रवेश गरेको राइटपाथले हजारौँ विद्यार्थीको विदेश अध्ययनको सपनालाई साकार पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । आगामी दिनमा थप सेवा विस्तार गर्दै अझ उत्कृष्ट बन्ने संस्थाको लक्ष्य रहेको छ ।
हेर्नुहोस् तस्बिरहरू:










