राष्ट्रिय सभा निर्वाचनका लागि मधेस प्रदेशबाट ११ जना उम्मेदवार

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि मधेस प्रदेशबाट ११ जना उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन् ।

मधेसमा ४ राष्ट्रिय सभा सिटका लागि काँग्रेस–एमाले गठबन्धन, नेपाली कम्युनिष्ट पार्टी, लोसपा नेपाल तथा जसपा नेपालबाट ११ जना उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका हुन् । लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले अन्यतर्फ उम्मेदवारी दर्ता गराएका छन् ।

उनको उम्मेदवारीमा लोसपाको मधेस प्रदेश सभा सदस्य जयनुल राइन प्रस्तावक र रानी शर्मा तिवारी समर्थक बसेका थिए । ठाकुरको उम्मेदवारीमा जसपा नेपालको पनि समर्थन छ । त्यस्तै मधेसमा जसपा नेपालबाट राष्ट्रियसभा सदस्यका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ । जसपा नेपालबाट अल्पसंख्यकतर्फ शैलेश चौधरी, महिलातर्फ चन्दा साह र दलिततर्फ चमेली देवी दासले उम्मेदवारी गराएका हुन् ।

जसपा नेपालबाट उम्मेदवारी दिने चौधरी सप्तरी, साह सिरहा र दास धनुषाकी हुन् । नेपाली कम्युनिस्ट पार्टी९नेकपा०बाट दलित कोटामा शम्भु पासवान, अल्पसंख्यकबाट रामनन्दन प्रसाद, अन्यबाट लक्ष्मण पौडेल र मधेसी कोटाबाट समी कुमारी अग्रवालले उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै काँग्रेस–एमाले गठबन्धनबाट दलित कोटामा काँग्रेसका अमरेन्द्र पासवान, अल्पसंख्यक कोटामा काँग्रेसका रञ्जित कर्ण र महिला कोटामा एमालेकी रेखा झाले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =