झलनाथको प्रश्न- देश जलाउने अपराधी बाहिर राखेर कसरी चुनाव हुन्छ ?

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देश जलाउनेहरूलाई बाहिरै राखेर निर्वाचन हुन नसक्ने बताएका छन् ।

बुधवार नेपाल राष्ट्रिय अभिभावक सङ्घको २४ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले जेनजी आन्दोलनका क्रममा सरकारी सम्पत्ति जलाउनेहरू अपराधी भएको बताए । उनीहरूलाई अन्तरिम सरकारले के गर्छ ? भन्दै प्रश्न गरे ।

अपराधीहरूले दिनदहाडै हिँडिरहेको अवस्थामा कसरी चुनाव हुन्छ ? उनको प्रश्न छ । निर्वाचन देशमा चाहिएको तर त्यसका लागि आवश्यक पूर्वाधार नरहेको बताए ।

उनले भने ‘सरकारको सम्पत्ति जलाउनेहरू अपराधी हुन् की होइनन् । यो सरकार जुन चलिरहेको छ, यो सरकारका सामुन्ने अपराधी हुन् की होइनन् ? यो सरकारले तिनीहरूलाई कारबाही गर्नुपर्छ की पर्दैन ? अनि ती अपराधीहरूले दिनदहाडै हिँडिरहेको अवस्थामा कसरी चुनाव हुन्छ होला ? यो देशमा । के चुनाव हुन्छ होला, चुनाव भयो भनेपनि के परिणाम आउँछ होला । यो बढो सङ्कटको अवस्था छ । चुनाव त चाहिएको छ । चुनाव गर्नुपर्छ भनेर हामी लागेका छौँ । चुनाव हुनुपर्छ तर पूर्वाधारहरू तयार गर्नुपर्नेछ । ९० हजार बुलेटहरू कब्जा भएका छन् । फर्काइएको छैन । १२ हजार राइफल कब्जा भएका छैनन् । १४ हजार त बन्दी बाहिर गएका छन् । ६ हजार आएका छैनन् ।’

देशको निम्ति हित हुने शिक्षा जरुरी रहेको बताए । शिक्षा व्यवस्थालाई विकास गर्न धेरै कुरामा आमूल परिवर्तन गर्न जरुरी रहेको बताए । राष्ट्रिय शिक्षा नीति नै परिवर्तन गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 8 =