न्याय परिषद्ले गर्‍यो २० जनालाई जिल्ला न्यायाधीशमा सिफारिस, को–को परे ?

काठमाडौं । न्याय परिषद्ले जिल्ला अदालतका लागि २० जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ ।

बुधबार बसेको परिषद् बैठकले न्याय सेवा आयोगबाट लिइएको जिल्ला न्यायाधीश पदको लिखित परीक्षामा उत्तीर्ण भएकाहरूमध्ये २० जनालाई नियुक्तिका लागि सिफारिस गरेको हो ।

सिफारिस सूचीमा अधिवक्ता शिशिरकुमार यादव पहिलो नम्बरमा छन् । त्यसपछि क्रमशः उपरजिस्ट्रार शिवप्रसाद आचार्य, श्रेस्तेदार ताराप्रसाद डाँगी, उपसचिव हिरालाल भुसाल, उपसचिव डिल्लीप्रसाद आचार्य, उपन्यायाधिवक्ता गोपालबहादुर भट्टराई, उपसचिव सुमन पाण्डे, उपरजिस्ट्रार ठाकुरप्रसाद बस्ताकोटी, श्रेस्तेदार विकास बस्नेत र श्रेस्तेदार इन्दिरा कार्की सिफारिस भएका छन् ।

यस्तै, सूचीको पछिल्लो भागमा उपन्यायाधिवक्ता बाबुराम भट्टराई, उपन्यायाधिवक्ता टेकराज भुसाल, इजलास अधिकृत गोकुल पन्त, रजिस्ट्रार विरेन्द्रप्रकाश खड्का, रजिस्ट्रार महेन्द्रप्रसाद पौड्याल, उपरजिस्ट्रार बासुदेव पाण्डे, श्रेस्तेदार ललित सापकोटा, उपसचिव खेमकुमारी बस्नेत, उपरजिस्ट्रार कर्णबहादुर राई र उपरजिस्ट्रार हिरामाया अवालको नाम समावेश छ ।

परिषद्ले सिफारिस गरेका नामहरू अब मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएपछि राष्ट्रपतिबाट नियुक्ति हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =