राष्ट्रिय सभा निर्वाचन: काँग्रेस ९, एमाले ८ र लोसपालाई १ सिट

काठमाडौँ । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी मिलेर निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
बुधवार काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तीन वटा राजनीतिक दलहरू मिलेर राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो । जसमा नेपाली काँग्रेसले ९ सिट, एमालेले ८ र लोसपाले १ सिट लिएको काँग्रेसका नेता मिनबहादुर विश्वकर्माले जानकारी दिए ।
उनकाअनुसार नेपाली काँग्रेसले प्राप्त गरेको ९ स्थानमा कोशीबाट सुनिल थापा, मधेसमा दलित र अल्पसंख्यक काँग्रेसले लिएको छ । अल्पसंख्यकमा रञ्जित कर्ण, दलितमा रौतहटका धमेन्द्र पासवानलाई अघि सारिएको बताए ।
बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमिल्सिना, लुम्बिनीबाट चन्द्रबहादुर केसी, वासुदेव जंगली, कर्णालीबाट ललितजंग शाही, सुदूरपश्चिमबाट खम्मबहादुर खाती रहनुभएको बताए ।
उनले भने ‘आसन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आजै नोमिनेसन गर्नुपर्नेछ । अरुदलहरुसँग सहकार्य गरी निर्वाचनमा भाग लिने निर्णय थियो । अहिले नेपाली काँग्रेस, नेकपाएमाले र लोकतान्त्रिक समाजवादी पार्टीसँग तालमेल गर्ने निर्णयसँगै सिटको बाँडफाँड गरेका छौँ । नेपाली काँग्रेसको भागमा ९ सिट, एमालेमा ८ र लोसपामा १ गरी १८ सिटको बाँडफाँड भएको छ । नेपाली काँग्रेसले प्राप्त गरेको ९ स्थानमा कोशीबाट सुनिल थापा, मधेसमा दलित र अल्पसंख्यक काँग्रेसले लिएको छ । अल्पसंख्यकमा रञ्जित कर्ण, दलितमा रौतहटका धमेन्द्र पासवान पर्नुभएको छ । बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमिल्सिना, लुम्बिनीबाट चन्द्रबहादुर केसी, वासुदेव जंगली, कर्णालीबाट ललितजंग शाही, सुदूरपश्चिमबाट खम्मबहादुर खाती हुनुहुन्छ ।’
नेपाली कम्युनिस्ट पार्टीले विभिन्न कुरामा असहमति जनाएपछि काँग्रेस र एमाले अघि बढेको बताए ।









