चीनद्वारा राष्ट्रसंघीय सुरक्षा परिषद्मा भेनेजुएलाविरुद्धको अमेरिकी सैन्य कारबाहीको निन्दा
२०८२ पुस २३ गते

काठमाडौं । चीनले राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठकमा भेनेजुएलाविरुद्ध अमेरिकाले गरेको सैन्य कारबाहीको भत्र्सना गरेको छ । चिनियाँ प्रतिनिधिले अमेरिकी कदमलाई एकतर्फी, अवैध र बलमिच्याइँपूर्ण भन्दै गहिरो असन्तुष्टि व्यक्त गरेका छन् ।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठकमा सोमबार एक चिनियाँ दुतले भेनेजुएलाविरुद्धको अमेरिकी सैन्य कारबाहीको निन्दा गरे । संयुक्त राष्ट्रसंघका लागि चीनको स्थायी नियोगका कार्यवाहक प्रमुख सुन लेईले चीन संयुक्त राज्य अमेरिकाको एकतर्फी, अवैध र बलमिच्याइँपूर्ण कार्यहरूबाट गहिरो रूपमा स्तब्ध भएको बताए ।
चीनले सधैं अन्तर्राष्ट्रिय कानून र सम्बन्धित देशको सार्वभौमिकताको सम्मान गर्नुपर्नेमा जोड दिँदै आएको उनको भनाइ छ ।
२०८२ पुस २३ गते
प्रतिक्रिया









