आजको मौसम : तराईमा बाक्लो हुस्सु, काठमाडौंमा प्रदूषण

काठमाडौं । चिसो बढेसँगै देशभरको मौसम प्रतिकूल बन्दै गएको छ । विशेषगरी तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र कुहिरो तथा काठमाडौं उपत्यकामा प्रदूषणसहितको तुवाँलोले जनजीवन प्रभावित भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहानैदेखि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा बाक्लो हुस्सु लागेको छ । यो क्रम दिनभरजसो जारी रहने र रातिसम्मै हुस्सुले आकाश ढाक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । घाम नलाग्ने र निरन्तरको चिसो स्याँठका कारण तराईको जनजीवन कष्टकर बन्दै गएको छ ।

यता, संघीय राजधानी काठमाडौं उपत्यकाको मौसम पनि बिग्रिएको छ । उपत्यकाको आकाशमा देखिएको धुम्मपन सामान्य कुहिरो नभई प्रदूषणसहितको ‘तुवाँलो’ भएको मौसमविद्हरूले बताएका छन् । वायुको गुणस्तर खस्किएका कारण स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै विज्ञहरूले चेतावनी दिएका छन् । अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र निस्कनै परे मास्कको प्रयोग गर्न सर्वसाधारणमा अनुरोध गरिएको छ ।

पहाडी क्षेत्रको मौसम भने आंशिक बदली रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा थोरै बदली रहे पनि अन्य पहाडी भू-भागको मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ । चिसो र प्रदूषण दुवै बढेकाले विशेष गरी बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वासका बिरामीहरूलाई विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fifteen =