नेकपाको केन्द्रिय कमिटी पुस २९ मा घोषणा हुने
२०८२ पुस २२ गते

तस्बिर: मकालुखबर
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमालेसँगको सहमतिअनुसार अघि बढ्ने बताएका छन् ।
पार्टी कार्यालय पेरिस डाँडामा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले नेकपाको केन्द्रिय कमिटीको घोषणा पुस २९ गते हुने र शपथ ग्रहण कार्यक्रम पनि सोही दिन हुने बताए ।
साथै बैठकले केन्द्रिय कमिटी भित्रका संरचनाहरुको पनि निर्माण गर्ने निर्णय गरेको छ । ‘आजको बैठकमा आउने २९ गते केन्द्रिय कमिटीको घोषणा गर्ने कुरा भएको छ । केन्द्रिय कमिटी भित्रका संरचनाहरुको पनि निर्माण गर्ने कुरा भएको छ । राष्ट्रिय सभामा पनि सबैको सहमतिअनुसार अघि बढ्न प्रयत्न गर्ने कुरा भएको छ’ उनले भने ।
प्रतिनिधि सभा सदस्य निर्वाचनबारे आवश्यक तयारी गर्न बाँकी रहेकाले पुनः बैठक बसेर छलफल गर्ने बताए ।
२०८२ पुस २२ गते
प्रतिक्रिया
सम्बन्धित









