कुनै दलसँग गठबन्धन हुँदैन, रवि–बालेन एकताले डराएका छैनौँः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नहुने स्पष्ट पारेका छन् ।

मंगलवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कुनैपनि दलसँग गठबन्धन गर्नेबारे कुरा नभएको र नहुने बताएका हुन् ।

उनले पार्टी कामको भारत भ्रमणमा गएको दाबी गर्दै सो क्रममा भारतीय जनता पार्टीका केही नेताहरुसँग अनौपचारिक छलफल भएको पनि बताए ।

उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको एकताले आफूहरु नडराएको पनि जिकिर गरे ।

उनले आफू नेतृत्वको सरकारमा रास्वपा सभापतिलाई दुई पटक गृहमन्त्री बनाएको उल्लेख गर्दै उहाँसँग कुरा गर्न कुनै आईतवार कुर्नु नपर्ने उनको टिप्पणी छ ।

उनले भने– हाम्रो पार्टी एकता भइसकेपछि सबै प्रदेहरुमा एकता सभा राखेको तपाईहरुलाई थाहा नै छ । दिल्लीमा पनि एउटा एकता सभा राखिएको थियो । म मुख्यतः त्यही कामका लागि भारत भ्रमणमा गएको हो । अब त्यहाँ गइसकेपछि विभिन्न खालका भेटघाट त भइ नै हाल्छन् । हाम्रो राजदुत आउनुभयो, कयौँ भारतीय जनता पार्टी (बिजेपी)का नेताहरु आउनुभयो । स्वागत गर्नुभयो, सम्मान गर्नुभयो । तर त्यस्तो औपचारिक कुराकानी केही पनि भएको छैन । गठबन्धनको केही पनि कुरा भएको छैन । घेटघाट त विभिन्न कामका लागि हुन्छ तर कुनै गठबन्धन भएको छैन, हुदैन पनि । हामी रवि–बालेनको गठबन्धबाट बिल्कुल डराएका छैनौँ । रविलाई मेरै क्याबिनेटमा दुई चोटि गृहमन्त्री बनाएको हो । उहाँसँग कुरा गर्न मैले कुनै आईतवार पर्खनुपर्दैन । हामी डराएका पनि छैनौँ ।’

उनले आफूहरु कसैसँग नडराएको दोहोर्याउँदै आउँदो निर्वाचनमा नेकपा एक्लै जनतामाफ जाने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 15 =