काठमाडौँका पूर्व हाकिम परियारले पाए भ्रष्टाचार मुद्दामा सफाइ

काठमाडौं । काठमाडौं महानगरपालिकाको सामाखुसी करिडोर ठेक्कामा अनियमितता गरेको आरोपमा विशेष अदालतले सहसचिव प्रदीप परियारसहित सबै प्रतिवादीहरूलाई सफाइ दिएको छ ।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले मंगलबार बोलपत्र स्वीकृत गर्दा बदनियत मान्न सकिने प्रस्ट आधार नभएको ठहर गर्दै सबैलाई सफाइ दिने फैसला गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २८ जेठमा दायर गरेको मुद्दामा चार करोड ३१ लाख ७२ हजार रुपैयाँ हिनामिना भएको अभियोग लगाइएको थियो ।

सामाखुसी करिडोरअन्तर्गत बसुन्धारादेखि म्हैपीसम्मको बाटो तथा ढल निर्माणको ठेक्कामा बदनियत राखेर कल्पवृक्ष–कोहिनूर जेभीलाई ठेक्का दिएको र मनसायपूर्वक गलत मूल्यांकन प्रतिवेदन खडा गरी सार्वजनिक सम्पत्तिको हानि–नोक्सानी गरेको अख्तियारको दाबी थियो ।

यो मुद्दामा सहसचिव प्रदीप परियारसहित महानगरपालिकाका निर्देशकहरू रविनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरी प्रतिवादी थिए ।

विशेष अदालतले सबैलाई सफाइ दिएपछि उनीहरूको बयान र प्रमाणहरूले बदनियत पुष्टि नभएको ठहर गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 20 =