महामन्त्रीद्वय जिम्मेवार भएकाले पार्टी निर्णय विपरित चल्न मिल्दैनः नेता साउद

काठमाडौं । नेपाली काँग्रेसका नेता नारायणप्रकाश साउदले वैशाखमा पार्टीको नियमित महाधिवेशन सम्पन्न गर्ने पार्टीको निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको रहेको बताएका छन् ।

महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन गरेर अघि बढ्ने गरी गतिविधिलाई तीव्रतासाथ अघि बढाएपछि संस्थापन पक्षका नेता साउदले कुरा टिप्पणी गरेका हुन् ।

मंगलवार पार्टी मख्यालय सानेपामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले केन्द्रिय कार्य सम्पादन समिति बैठकले बैशाखमा पार्टीको १५ औ महाधिवेशन गर्ने निर्णय गरेकाले सो निर्णयलाई कार्यान्वयनमा लैजाने मुख्य जिम्मेवारी महामन्त्रीद्वय थापा र शर्माको पनि भएकाले उनिहरुले सो जिम्मेवारी पूरा गर्ने दायित्वबाट पछि हटन नमिल्ने दाबी समेत गरे । नेता साउदले पार्टीको विशेष महाधिवेशनको औचित्य नभएको पनि बताए ।

नेता साउदले निर्वाचनको तयारीमा जानुपर्ने भएकाले पनि विशेष महाधिवेशनमा जाने कुराको कुनै अर्थ नहुने समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + eighteen =