एमाले सचिव राई भोजपुरबाट सर्वसम्मत रूपमा सिफारिस
२०८२ पुस २२ गते

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव शेरधन राई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका निर्वाचनका लागि गृह जिल्ला भोजपुरबाट सिफारिस भएका छन् ।
एमाले जिल्ला कमिटी भोजपुरको आज बसेको बैठकले सचिव राईको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो । सचिव राईको विकल्पमा अर्को बलियो उम्मेदवार नदेखिएकाले सर्वसम्मत रूपमा उनको नाम सिफारिस गरेको एमाले भोजपुरले स्पष्ट गरेको छ ।
एमाले जिल्ला कमिटीले समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि भने यसअघि नै नाम सिफारिस गरिसकेको जनाएको छ ।
यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवम् एमाले नेता राईलाई सो पार्टीको आज काठमाडौँमा बसेको सचिवालय बैठकले कोशी प्रदेश संयोजकको जिम्मेवारी तोकेको छ ।
२०८२ पुस २२ गते
प्रतिक्रिया
सम्बन्धित








