साउदी अरब नेतृत्वको आक्रमणबाट यमनमा कम्तीमा ८० पृथकतावादीको मृत्यु

एजेन्सी । यमनको पृथकतावादी दक्षिणी सङ्क्रमणकालीन परिषद् (एसटिसी) का कम्तिमा ८० सैनिकहरू शुक्रबारदेखि साउदी अरबको सहयोगप्राप्त सेनासँगको लडाइँ र आक्रमणमा मारिएका समूहका एक सैन्य अधिकारीले आइतबार एएफपीसँग बताएका छन् ।

“संयुक्त अरब इमिरेट्स समर्थित एसटिसी बलका कम्तिमा ८० जना मारिएका, १३० जनालाई बन्धक बनाइएको र १५२ सदस्य घाइते भएका छन्,” समूहका अधिकारीले बताएका छन् ।

साउदी समर्थित सेनाले शुक्रबार युएई समर्थित एसटिसीले कब्जा गरेको भूभाग फिर्ता लिन अभियान सुरु गरेको छ । रियाद र अबु धाबीको समर्थन प्राप्त सेनाहरूबीच प्रभुत्वको लागि भएको सङ्घर्षले दुई खाडी सहयोगीहरूबीचको दरार गहिरो बनाएको छ ।

साउदी नेतृत्वको गठबन्धनले पृथकतावादीको कब्जामा रहेको सैन्य शिविरलाई लक्षित गरी गरेको आक्रमणमा अधिकांश मृत्यु भएको अधिकारीले बताएका छन् ।

यमनी एसटिसी पूमुखले शनिबार एसटिसीले संसाधन–सम्पन्न हद्रामावाटलाई पुनः कब्जा गर्ने घोषणा गरेको छ ।

रियाद–समर्थित सरकारी सैन्य अधिकारीहरूले पनि शनिबार छिमेकी माहरा प्रान्तका अधिकारीहरूले कुनै प्रतिरोध बिना आफ्नो निष्ठा फिर्ता लिएको बताएका छन् ।

साउदी समर्थित सेनाले आइतबार हद्रामावाट प्रान्तको राजधानी मुकल्लामा आफ्नो उपस्थितिलाई मजबुत बनाउने काम गरिरहेको दुई सरकारी सैन्य अधिकारीले एएफपीलाई बताएका छन् ।

रियाद र अबु धाबीले यमनको विभाजित सरकारमा लामो समयदेखि प्रतिद्वन्द्वी समूहहरूलाई समर्थन गर्दै आएका छन् । एसटिसीले डिसेम्बरमा गरेको आक्रमणमा उसले हद्रमावाट र माहरालाई नियन्त्रणमा लिएको थियो । यसले साउदी अरबलाई आक्रोशित बनायो, जसले दुई तेल–धनी शक्तिहरूबीचको सम्बन्धमा तनावको सिर्जना गर्यो ।

साउदी नेतृत्वको गठबन्धनले गत हप्तामा बारम्बार पृथकतावादीहरूलाई कथित इमिराती हतियार ढुवानी रोक्न चेतावनी दिएको र हवाई आक्रमण गरेको छ ।

शुक्रबार हद्रामावतस्थित अल–खाशा सैन्य शिविरमा भएको आक्रमणमा २० जनाको मृत्यु भएको थियो ।

शनिबार एसटिसीका एक सैन्य अधिकारीले एएफपीसँग भने,“साउदी युद्धक विमानहरूले मुकल्लाको पश्चिममा रहेको बार्सिदमा समूहको अर्को शिविरमा ‘व्यापक’ हवाई आक्रमण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 10 =