पाथीभरा क्षेत्रमा हिमपात
२०८२ पुस २० गते

ताप्लेजुङ । ताप्लेजुङ स्थित धार्मिकस्थल पाथीभरा क्षेत्रमा दोस्रो पटक हिमपात भएको छ । सो क्षेत्रमा यस वर्ष पहिलो पटक गत मङ्सिर ६ गते हिमपात भएको थियो ।
हिमपात भएसँगै चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटरमा अस्थित पाथीभरा क्षेत्रहरूमा विगतमा मङ्सिरदेखि नै हिमपात हुने गर्दथ्यो ।
पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शनिवार बेलुका पाथीभरा क्षेत्रमा हिमपात भएको हो ।
पाथीभरा हिमपात भए पनि तीर्थयात्रीहरूलाई सहजताका लागि पदमार्गमा फाइबरको ट्रस लगाएको छ । यसले वर्षा र हिमपातसमेत पाथीभरा धामसम्म पुग्नका लागी तीर्थयात्रीलाई सहज हुने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
२०८२ पुस २० गते
प्रतिक्रिया
सम्बन्धित









