पुटिनको निवासमा भएको आक्रमण प्रयासको ड्रोन भग्नावशेष रुसद्वारा सार्वजनिक

काठमाडौं । रुसको रक्षा मन्त्रालयले बुधवार राष्ट्रपति भ्लादिमिर पुटिनको आधिकारिक निवासमा भएको आक्रमण प्रयासमा प्रयोग गरिएका मानवरहित हवाई सवारी साधनको भग्नावशेष र उडान नक्शा सार्वजनिक गरेको छ ।

मन्त्रालयले पत्रकार सम्मेलनमा अवरोध गरिएका ड्रोनहरूको फुटेज प्रश्तुत ग-यो । जसमा ड्रोनका कालो टुक्राहरू, काठका संरचनात्मक भागहरू र रातो विद्युतीय तारहरू हिउँमा छरिएका देखिएका छन् । मन्त्रालयले ड्रोनको मार्गहरू पछ्याउने विस्तृत उडान नक्शा पनि प्रकाशित गरेको छ । नक्शाकाअनुसार यी ड्रोनहरू युक्रेनको सुमी र चेर्निभ क्षेत्रबाट प्रक्षेपण गरिएका थिए । केही ड्रोनहरू रुसको ब्रायन्स्क, स्मोलेन्स्क र टेभर क्षेत्रहरूमा उडेका थिए भने अन्ततः तिनीहरूलाई नष्ट गरिएको थियो ।

नक्शाले ड्रोनको एक हिस्सा सिधा पूर्वतिर गएको थियो भने अरूले लामो मार्ग लिएका देखाएको छ । आक्रमणको प्रयास आईतवार र सोमवारको बीचको रातमा भएको थियो । जसमा कुनै हताहत वा रुसी क्षेत्रमा क्षति भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =