विश्वकै ठूलो हिउँ तथा बरफ पार्कले चीनको जाडो पर्यटनमा ऊर्जा थप्दै

काठमाडौं । हर्विन आइस-स्नो वल्र्डले विश्वभरका पर्यटकहरूलाई आकर्षित गरिरहेको छ । जसले उत्तर-पूर्वी चीनको फस्टाउँदो अर्थतन्त्रमा ठूलो योगदान पु-याएको छ । १.२ मिलियन वर्ग मिटर क्षेत्रफलमा फैलिएको यो पार्क डिसेम्बर १७ मा औपचारिक रूपमा खोलिएको थियो । जुन अहिलेसम्मकै सबैभन्दा भव्य संस्करण हो ।
गत जाडो मौसममा ६८ दिनको अवधिमा यस पार्कले कीर्तिमानी ३.५६ मिलियन पर्यटकहरूलाई स्वागत गरेको थियो । जसले हेलोंगजाङ प्रान्तको २६६.१७ अर्ब युआनको हिउँ तथा बरफ अर्थतन्त्रमा महत्वपूर्ण भुमिका खेलेको थियो । पार्कले यस वर्ष तातो पानीका कुण्डहरू, थिम परेड र क्रस-कन्ट्री स्कीइङ ट्रेलहरू जस्ता नयाँ आकर्षणहरू सार्वजनिक गरेको छ ।
चीनले आफ्नो हिउँ तथा बरफ अर्थतन्त्रलाई सन् २०२७ सम्म १.२ ट्रिलियन युआन र २०३० सम्म १.५ ट्रिलियन युआनको आर्थिक स्तरमा पु-याई नयाँ विकास क्षेत्रको रूपमा विकसित गर्ने लक्ष्य राखेको छ । सन् २०२४-२०२५ को जाडो पर्यटकीय मौसममा हार्विनले ९० मिलियनभन्दा बढी पर्यटकहरू भित्र्याएको थियो । जसमा विदेशी पर्यटकहरूको संख्या गत वर्षको तुलनामा ९४.२ प्रतिशतले वृद्धि भएको छ ।









