लक्ष्मी सन्राइज बैंकको पच्चिसौं वार्षिक साधारणसभा सम्पन्न
२०८२ पुस १५ गते

काठमाडौँ । लक्ष्मी सन्राइज बैंक लिमिटेडको आज पच्चिसौं वार्षिक साधारणसभा काठमाडौँमा सम्पन्न भएको छ ।
साधारण सभाले बैंकको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पुँजी रु २६ अर्ब ७८ करोड पुगेको छ ।
साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।
आ.व.२०८१/८२ मा रु ३७१ अर्ब निक्षेप र रु २८७ अर्ब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार रु ४४३ अर्ब रहेको छ । सो आ.व.मा बैंकले ४ अर्ब ६ करोड रुपैँया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
२०८२ पुस १५ गते
प्रतिक्रिया
सम्बन्धित








