आज तमु ल्होसार, गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउँदै

काठमाडौं । गुरुङ समुदायको महान् पर्व ‘तमु ल्होसार’ आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ । पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै गुरुङ समुदायले आफ्नो मौलिक पर्वलाई भव्यताका साथ मनाउन लागेका हुन् ।

‘ल्हो’ भन्नाले वर्ष र ‘सार’ भन्नाले फेरिनु भन्ने बुझिन्छ। तसर्थ, वर्ष फेरिने दिनको सङ्केतका रूपमा यस पर्वलाई ‘तमु ल्होसार’ नामाकरण गरिएको हो । विशेष गरी पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछि दिनहरू लम्बिँदै जाने हुँदा अन्धकारमाथि उज्यालोको विजयको प्रतीकका रूपमा पनि यसलाई लिइन्छ ।

सूर्यको ताप र भौगोलिक अवस्थितिसँग पनि यो पर्वको गहिरो सम्बन्ध रहेको छ । गुरुङहरूको बाहुल्य रहेका लमजुङ, गोरखा, कास्की, मनाङ, स्याङ्जा लगायतका जिल्लाहरूमा सूर्यको ताप पहिले महसुस गरिने भएकाले पुस महिनामै यो पर्व मनाउने परम्परा बसेको विश्वास गरिन्छ ।

ल्होसारको अवसरमा संघीय सरकारले आज सार्वजनिक बिदा दिएको छ । काठमाडौंको टुँडिखेलमा भने विशेष रौनक छाएको छ । आइतबारदेखि नै सुरु भएको ल्होसार महोत्सव अन्तर्गत आज विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − three =