सुन जस्तो देखिने धातु दिएर ५ लाख ठगी गर्ने ४ जना पक्राउ

काठमाडौँ । सुन जस्तो देखिने धातुको डल्लो दिएर फरार रहेका ४ जना पक्राउ परेका छन् ।

आज प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौँ, काठमाडौँ महानगरपालिका ६ चुच्चेपाटी स्थितबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर, इन्द्रसरोवर गाउँपालिका ३ घर भई ललितपुर, महानगरपालिका १३ नख्खु बस्ने वर्ष ४५ को सुकुमान सिंह ब्लोन, ऐ.ऐ. २ घर भई ऐ. ८ पाटन बस्ने वर्ष ४८ को राजेन्द्र तामाङ, मकवानपुर, बकैया गाउँपालिका ११ घर भई ललितपुर, महानगरपालिका लगनखेल बस्ने ५३ वर्षीय बिर बहादुर तामाङ बिवासित स्याङ्तान र नवलपरासी, देवचुली नगरपालिका १७ घर भई जिल्ला ललितपुर, एकान्तकुना बस्ने वर्ष ४२ को जित बहादुर तामाङ रहेका छन् ।

उनीहरूले यही पुस ८ गते काठमाडौँ, कागेश्वरी मनोहरा नगरपालिका ५ थली स्थितमा सुन जस्तो देखिने धातुको डल्लो दिएर २ जना व्यक्तिहरूको साथबाट पाँच लाख लिई फरार रहेका थिए ।

हाल ठगी कसुरमा म्याद थप भई अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + fifteen =