सरकारले जेनजीहरूलाई धोका दियो: उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनअघि नै संविधान संशोधन हुनुपर्ने जेन–जीको मागलाई सरकारले बेवास्ता गरेको बताएका छन् ।

जनकपुरधाममा सोमवार आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले पहिला संविधान संशोधन र त्यसपछि मात्रै निर्वाचन गर्नुपर्ने युवाहरूको माग रहेको उल्लेख गरे । उनले सरकारले युवाहरूसँग केही दिनअघि मात्रै सम्झौता गरेको तर कुनैपनि कुराहरू अघि नबढाएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले आन्दोलनकारी युवाहरूको साथमा सरकारले धोका दिएको बताए ।

लोकतन्त्रमा निर्वाचन महत्त्वपूर्ण रहेको बताउँदै आफूहरू निर्वाचनमा जान तयार रहेको बताए ।

उनले भने ‘चुनाव भन्दा पहिला संविधान संशोधन हुनुपर्छ । जे माग युवा पुस्ताले राखेका छन्, युवा पुस्तासँग सरकारले संविधान संशोधन लगायतका विषयमा सम्झौता गरेको छ । त्यो अलिकति पनि अघि बढेको छैन । आन्दोलनकारी युवाहरूको साथमा धोका भएको छ । युवाहरूलाई मजाक बनाइएको छ । तर पनि लोकतन्त्रमा निर्वाचन महत्पूर्ण हुन्छ । चुनाव लड्न तयार छौँ । हामी जनताको अधिकारका लागि लड्न तयार छौँ ।’

अध्यक्ष यादवले जनता समाजवादी पार्टी, नेपाल निर्वाचनमा जाने बताए । मधेसका जनतालाई अधिकार सम्पन्न बनाउन र शिक्षा, स्वास्थ्यको ग्यारेन्टीका निर्वाचन लड्न लागेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =