माछापुच्छ्रे बैंक र स्मार्ट पे ‘साइप्रस’ बीच रेमिट्यान्स सम्झौता

काठमाडौँ । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैंक लि.ले साइप्रस स्थित स्मार्ट पे सँग औपचारिक रेमिट्यान्स सम्झौता गरेको छ ।
माछापुच्छ्रे बैंकले साइप्रस, ग्रिस, पोर्चुगल र सबै युरोपेली देशबाट नेपालीहरूलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ स्मार्ट पे सँग सहकार्य गरी विधिवत् रूपमा रेमिट्यान्स सेवाको सुरुवात गरेको हो ।
रेमिट्यान्स सम्बन्धी उक्त सम्झौतापत्रमा स्मार्ट पे को तर्फबाट मुख्य सञ्चालन अधिकारी स्टेफनी इसाबेल हेराक्लिओस र माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता पछि युरोपेली देशमा रहेका नेपालीहरूले साइप्रस, ग्रिस, पोर्चुगल र अन्य युरोपेली देशबाट स्मार्ट पे को सबै प्रतिनिधि कार्यलयहरु, मोबाइल एप, अनलाइन सेवाहरू मार्फत गरी नेपाल पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १६५ वटा शाखाहरू, शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजार भन्दा बढी रेमिट्यान्स एजेन्ट मार्फत नेपाल भरी सजिलै भुक्तानी लिन सकिनेछ ।
साथै, र स्मार्ट पे र गरी पठाइएको रेमिट्यान्स नेपालका जुनसुकै बैंकका खातामा तुरुन्त जम्मा हुने व्यवस्था यस मिलाएको बैंकले जनाएको छ ।








