शितलहरका कारण मधेसमा दलित समुदाय पीडामा छन्: उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहाय यादवले मधेसमा हाल शितलहरका कारण दलित समुदाय पीडामा रहेको बताएका छन् ।
राष्ट्रिय दलित आयोगले सोमवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
प्राकृतिक विपद्हरूमा दलित समुदाय सबैभन्दा बढी जोखिममा रहने गरेको उनको भनाई छ । यसमा आयोग अभिभावकको भूमिकामा देखिनुपर्नेमा उनले जोड दिए । आयोगले आफैँले सहयोग गर्नसक्ने अवस्थामा सहयोग गर्ने र गर्न नसक्ने अवस्थामा राज्यको ध्यानाकर्षण गराउनुपर्ने बताए । सरकारको ध्यान पुग्न नसकेको स्थानहरूमा आयोगले तत्कालै सरकारको ध्यानाकर्षण गराउनुपर्ने उनको भनाई छ ।
उनले तराई मधेसका दलितहरू अझै शिक्षा, स्वास्थ्य, राजनीतिक पहुँचको रेखाभन्दा बाहिर रहेको उल्लेख गरे । उनीहरूलाई मूलधारमा ल्याउन आयोगले सक्रियता देखाउन जरुरी रहेको उनको भनाई छ । स्वास्थ्य बीमा लगायतका कार्यक्रममा आर्थिक अभाव र जनचेतनाको कमीले धेरै जसो दलित समुदायले लाभ लिन नसकेको पनि उनले बताए ।
आयोगले यसको लागि जागरूकता अभियानलाई संस्थागत रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । उनले आयोगलाई दलितलक्षित सिपमूलक तथा रोजगारीमूलक कार्यक्रमहरू विपन्न क्षेत्र, बस्तीमा सञ्चालन गर्न सुझाव दिए ।
उनले भने ‘तराई मधेसका दलितहरू अझै शिक्षा, स्वास्थ्य, राजनीतिक आदीमा पहुँच रेखाभन्दा बाहिर सीमान्तकृत अवस्थामा रहेका छन् । तिनीहरूलाई मुलधारमा ल्याउन आयोगले थप सक्रियता देखाउन अति जरुरी छ । स्वास्थ्य बीमा कार्यक्रममा अर्थको अभाव र जनचेतनाको कमीले धेरै जसो दलित समुदायले लाभ लिन सकेका छैनन् । आयोगले यसको लागी जागरूकता अभियानलाई संस्थागत रूपमा अघि बढाउनुपर्छ । यसैगरी दलित लक्षित सीपमूलक तथा रोजगारीमूलक कार्यक्रमहरू अत्यन्तै विपन्न क्षेत्र, बस्तीमा सञ्चालन गर्न आयोगको थप पहल र सक्रियता उत्तिकै आवश्यक छ । प्राकृतिक विपद्हरूमा दलित समुदाय सबैभन्दा बढी जोखिममा रहने गरेकाले यसमा आयोग अभिभावकको भूमिकामा देखिनुपर्दछ । आयोगले आफैँले सहयोग गर्न सक्ने अवस्थामा सहयोग गर्ने र गर्न नसक्ने अवस्थामा राज्यको ध्यानाकर्षण गराउँदै थप सहयोगका लागि योगदान दिन सक्छ । मदेसमा हाल शितलहरका कारण दलित समुदाय अत्यन्त पीडित छन् । यसका सरकारको ध्यान पुग्न नसकेको स्थानहरूमा आयोगले तत्कालै ध्यानाकर्षण गराउनुपर्दछ ।’
उनले समाजमा अझैपनि विभिन्न कुऋति, विसङ्गति र भेदभावका अवशेषहरू रहेकोले त्यसलाई हटाउने चुनौतीहरू रहेको बताए । दलितदलित बीचमा पनि विभिन्न विभेद र छुवाछुतको अवस्था रहेको उनको भनाई छ । यसलाई हटाउन आयोगले अग्रसरता देखाउनुपर्नेमा उनले जोड दिए । उनले आयोगले तयार पारेको रणनीतिक योजना २०८२र८७ तथा आयोगको उजुरी व्यवस्थापन प्रणालीलाई कार्यान्वयन गर्न पनि आग्रह गरे ।









