केयुको ब्याचलर इन हेल्थ इन्फोर्म्याटिक्स कार्यक्रम अब एस्पायर कलेजमा

काठमाडौँ । विराटनगरस्थित एस्पायर कलेजमा अब ब्याचलर इन हेल्थ इन्फोर्म्याटिक्स कार्यक्रम (BHI) आगामी शैक्षिक सत्रदेखि अध्यापन हुने भएको छ ।

कलेजका अध्यक्ष विकास अधिकारी र काठमाडौँ विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङका डिन प्रोफेसर डाक्टर मनिष पोखरेलबीच शैक्षिक सहकार्यसम्बन्धी समझदारीपत्र (MOU) मा हस्ताक्षर भएसँगै उक्त कार्यक्रम सञ्चालनको औपचारिक तयारी पूरा भएको हो ।

स्वास्थ्य सेवा र सूचना प्रविधिको संयोजनका रूपमा विकसित हेल्थ इन्फोर्म्याटिक्स कार्यक्रमले स्वास्थ्य डाटा व्यवस्थापन, अस्पताल सूचना प्रणाली, ई–हेल्थ, टेलिमेडिसिन, मेडिकल कोडिङ तथा हेल्थ रिसर्चजस्ता विषय समेट्ने कलेजले जनाएको छ । डिजिटल स्वास्थ्य प्रणालीको बढ्दो प्रयोगसँगै दक्ष जनशक्तिको आवश्यकता पूरा गर्ने लक्ष्यसहित कार्यक्रम सुरु गरिएको बताइएको छ ।

कलेजका अध्यक्ष विकास अधिकारीले हेल्थ इन्फोर्म्याटिक्स वर्तमान र भविष्य दुवैका लागि अत्यन्तै सम्भावनायुक्त विषय भएको उल्लेख गर्दै भने, ‘स्वास्थ्य क्षेत्र तीव्र रूपमा डिजिटल बन्दै गएको छ । काठमाडौँ विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङसँगको सहकार्यले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको शिक्षा दिन सकिनेछ । आगामी शैक्षिक सत्रदेखि विद्यार्थीलाई व्यवहारिक र सीपमुखी शिक्षा प्रदान गर्ने हाम्रो लक्ष्य हो ।’

कलेजका अनुसार काठमाडौँ विश्वविद्यालयको पाठ्यक्रम तथा शैक्षिक मापदण्डअनुसार कार्यक्रम सञ्चालन गरिनेछ । यसले विद्यार्थीलाई स्वदेश तथा विदेशका अस्पताल, स्वास्थ्य संस्था, अनुसन्धान संस्था तथा स्वास्थ्यसँग सम्बन्धित आईटी क्षेत्रमा काम गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

एस्पायर कलेजमा बि।आई।टी, बि।पि।एच। र बि।टेक।एड।आई।टी कार्यक्रम सञ्चालनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eight =