सिद्धार्थ बैंकको २३ औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । १७ औँ वाणिज्य बैंकको रूपमा २०५९ सालमा स्थापना भएको सिद्धार्थ बैंकले आफ्नो स्थापनाकालको २३ औँ वर्ष पुरा गरेको छ ।

बैंक सञ्चालनको २३ वर्ष पूरा भएको अवसरमा बैंकले नक्साल स्थित आफ्नो प्रधान कार्यालय भवनमा का।मु।प्रमुख कार्यकारी अधिकृत लगायत बैंकमा कार्यरत कर्मचारीहरूको उपस्थितिमा एक
कार्यक्रम गरी बैंकको वार्षिकोत्सव सम्पन्न गरेको छ ।

यसैगरी बैंकले आफ्नो वार्षिकोत्सवलाई भव्य र सभ्य बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । यस अवसरमा, फुटसल प्रतियोगिता, टेबल टेनिस, देशका विभिन्न स्थानहरूमा रक्तदान कार्यक्रमका साथै बैंकमा कार्यरत रही १५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूको योगदानलाई कदर गर्दै उनीहरूलाई सम्मान पनि गरेको छ ।

यही अवसरमा बैंकले देशका विभिन्न स्थानहरूस विराटनगर, दमक, वीरगंज, सिमरा, जनकपुर, हात्तीसार, नारायणगढ, पोखरा, भैरहवा, सुर्खेत र धनगढी गरी एघार स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरूका साथै, ग्राहकहरू एवं स्थानीयवासी (४३४ पुरुष र ५४ महिला) गरी जम्मा ४८८ जना रक्तदाताहरूले रक्तदान गरेका छन् ।

बैंकले आफ्नो २३ वर्षे यात्रालाई स्मरण गर्दै आयोजना गरिएका यी कार्यक्रमहरूले संस्थागत एकता, कर्मचारीहरूको मनोबल अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वप्रति बैंकको प्रतिबद्धतालाई थप मजबुत बनाउने लक्ष्य लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + sixteen =