एमालेले बोलायो सचिवालय बैठक, समानुपातिक सूचीलाई अन्तिम रूप दिने

काठमाडौं । नेकपा (एमाले) को एघारौं महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको पहिलो सचिवालय बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेका लागि बैठक तय गरिएको छ ।

महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएपश्चात् बस्न लागेको यो पहिलो सचिवालय बैठकलाई निकै महत्त्वका साथ हेरिएको छ । आजको बैठकको मुख्य कार्यसूची आगामी निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारहरूको छनोट र व्यवस्थापन रहेको बुझिएको छ ।

पार्टी स्रोतका अनुसार, एमालेले देशभरबाट समानुपातिक उम्मेदवारहरूको नाम संकलन गरिरहेको छ। तल्लो तहबाट सिफारिस भई आएका नामहरूमाथि छलफल गरी निर्वाचन आयोगमा बुझाइने ‘बन्दसूची’ तयार पार्ने विषयमा बैठक केन्द्रित हुनेछ । बैठकले समानुपातिक उम्मेदवार छनोटका मापदण्ड र प्राप्त नामहरूमाथि विमर्श गरी आवश्यक निर्णय लिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =