डिजिटल डिसेम्बर अन्तर्गत उद्यम नवप्रवर्तनलाई लक्ष्मी सनराइज बैंकको समर्थन

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले डिजिटल डिसेम्बर २०२५ – Empowering Enterprises अभियान अन्तर्गत नेपालमा प्रविधि तथा कृत्रिम बुद्धिमत्ता नवप्रवर्तनको दायरा मजबुत बनाउन Aadyanta Advisory Pvt. Ltd.र American Chamber of Commerce in Nepal (AmCham Nepal) सँग सहकार्यका लागि समझदारीपत्र (MoU) मा हस्ताक्षर गरेको छ ।

यस संस्करणले उच्च मूल्य तथा उच्च परिमाणका व्यावसायिक कारोबारलाई नगद र चेकबाट सुरक्षित डिजिटल माध्यमतर्फ रूपान्तरण गर्ने, तथा मार्फत उद्यमीहरूको सञ्चालन प्रणालीहरूमा बैंकिङ सेवा जडान तथा एकीकृत गर्ने API तथा host to host connectivity डिजिटल प्लेटफर्मलाई व्यावसायिक भुक्तानीको प्राथमिक माध्यमका रूपमा स्थापित गर्ने लक्ष्य राखेको बैंकले जनाएको छ ।

यस समझदारी अन्तर्गत बैंकको उद्यम डिजिटलाइजेशन पहलबाट नवप्रवर्तनको विस्तार गर्दै प्रारम्भिक चरणका नवप्रवर्तक, स्टार्टअप तथा उद्यमीहरूलाई वास्तविक बैंकिङ पूर्वाधार र विषयगत विशेषज्ञतासँग जोडी पुँजी उपलब्धताका लागि तयार पार्ने उद्देश्य राखेको जानकारी दिएको छ ।

डिजिटल अभिग्रहण देखि डिजिटल सिर्जनासम्म

यस MoU अन्तर्गत लक्ष्मी सनराइज बैंकले डिजिटल डिसेम्बर २०२५ का मुख्य आधारहरूआधारहरू—API सक्षमकरण, प्लेटफर्म कनेक्टिभिटी र उद्यम तयारी—सँग मेल खाने सहकार्य क्षेत्रहरू अन्वेषण गर्ने बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार यसमा नवप्रवर्तकहरूलाई उद्यम-सम्बन्धित डिजिटल समाधानहरूको प्रोटोटाइप विकासका लागि चुनिएका Open APIs वा sandbox वातावरणमा पहुँच, उच्च सम्भावना भएका उद्यमहरूसँग प्रारम्भिक चरणमै संलग्न भई बजार तयारी र विस्तार क्षमताको मूल्याङ्कन तथा डिजिटल वित्त, fintech मा आधारित वृद्धि र स्टार्टअप तथा scale- up पुँजी पहुँचसम्बन्धी विशेषज्ञ सत्रहरू समावेश छन् ।

यस सहकार्यले अमेरिकी दूतावासको समर्थनमा सञ्चालन हुने तीनवटा राष्ट्रव्यापी पहल—Seeding and Scaling Innovations, Code for Impact Hackathons र U.S.–Nepal Commercial Diplomacy Discussion Series—लाईर लाई समेत सघाउनेछ । यी कार्यक्रमहरूमा सातै प्रदेशका करिब ४०० युवा नवप्रवर्तक, प्रारम्भिक चरणका संस्थापक र उदाउँदा उद्यमीहरू सहभागी हुनेछन् ।

नवप्रवर्तन अर्थतन्त्रसँग उद्यम भुक्तानीको समन्वय

डिजिटल डिसेम्बरको उद्यम भुक्तानी केन्द्रित दृष्टिकोणलाई नवप्रवर्तनको क्षेत्रसँग जोड्दै बैंकले डिजिटल बैंकिङलाई केवल सञ्चालन सुधारको माध्यम मात्र नभई नेपालको नवप्रवर्तन अर्थतन्त्रको आधारभूत तहका रूपमा स्थापित गरेको जानकारी दिएको छ ।

यस Aadyanta Advisory ले कार्यक्रम डिजाइन, मार्गदर्शन (mentorship)र संलग्नताको समन्वय गर्नेछ भने AmCham Nepal र Aadhyanta Fund Management ले निजी क्षेत्रका सञ्जालहरू परिचालन गरी भिजिबिलिटी, ज्ञान आदान९प्रदान र व्यापक सहभागिता सुनिश्चित गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twelve =