एनआईसी एशिया बैंकको सञ्चालक समितिको अध्यक्षमा अग्रवाल नियुक्त

काठमाडौँ । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका अशोक कुमार अग्रवाल यस बैंकको अध्यक्ष पदमा नियुक्त भएका छन् ।

पुस ९ गते बसेको बैंकको सञ्चालक समितिको ७४४ औँ बैठकले आजकै मितिदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष अग्रवालले आजै नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् ।

बैंकको अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त उनले नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गरेका साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पुर्याएका छन् ।

उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालीन योजनामा विश्वास राख्ने उनको कार्यकालमा बैंकले महत्त्वपूर्ण उपलब्धिहरू हासिल गर्नुका साथै बैंकले सफलताको थप उचाइ प्राप्त गर्नुको साथै बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पुर्याउने दृढ विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 10 =