सिद्धार्थ बैंकको २३औँ वार्षिकोत्सवमा ‘लाइफटाइम फ्री क्रेडिट कार्ड’ अफर

काठमाडौँ । सिद्धार्थ बैंकले आफ्नो २३औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरूका लागि ‘लाइफटाइम फ्री क्रेडिट कार्ड अफर’ सार्वजनिक गरेको छ ।

उक्त अफर डिसेम्बर २५, २०२५ देखि जनवरी २३, २०२६ (३० दिन) सम्म सञ्चालन रहने बैंकले जनाएको छ ।

जस अन्तर्गत स्ट्यान्डर्ड क्रेडिट कार्डमा लाग्ने आबद्ध शुल्क तथा पहिलो वर्षको वार्षिक शुल्क पूर्ण रूपमा छुट दिइने व्यवस्था गरिएको छ ।

लाइफटाइम फ्री सुविधासम्बन्धी व्यवस्था निम्न सर्तमा आधारित रहने बैंकले जनाएको छ ।

  • दोस्रो वर्षदेखि वार्षिक शुल्क छुट पाउनका लागि ग्राहकहरुले प्रत्येक अघिल्लो वर्षमा कम्तीमा तीन (३) पटक क्रेडिट कार्डमार्फत कारोबार गरेको हुनुपर्नेछ । उदाहरणका लागि, डिसेम्बर २०२५ मा जारी गरिएको क्रेडिट कार्डको हकमा, जनवरी २०२६ देखि डिसेम्बर २०२६ भित्रमा कम्तीमा ३ वटा कारोबार गर्दा दोस्रो वर्ष लाग्ने शुल्क छुट हुनेछ ।

सिद्धार्थ बैंकले ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यसहित सँगसँगै डिजिटल कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यका साथ यो योजना सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + two =