चीनमा भएको एसियाली वाइल्डवाटरको स्वर्णपदक नेपाललाई

काठमाडौं । यही डिसेम्बर १६ देखि २२ तारिखसम्म चीनको युनान प्रान्तमा चिनियाँ क्यानोइ सङ्घले आयोजना गरेको एसियाली वाइल्डवाटर क्यानोइङ च्याम्पियनसिपको स्वर्णपदक नेपाली खेलाडी कृष्ण खड्काले जितेका छन् ।

नुजियाङ नदीमा भएको उक्त प्रतियोगिताको ‘Sprint Veney’ विधामा नेपाल र आयोजक चीनसहित १८ देशका १४८ खेलाडीलाई पछि पार्दै खड्काले नेपाललाई स्वर्णपदक दिलाएका छन् । यसैगरी उक्त प्रतियोगितामा सहभागी अर्का नेपाली खेलाडी रञ्जन कँडेलले कांस्य पदक हात पारेका छन् । नेपालबाट सहभागी भएका दुवै खेलाडीले प्रतियोगितामा पदक हात पारेका हुन् ।

आयोजकका अनुसार प्रतियोगिताले एसियाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय अनुभव साटासाट गर्ने अवसर प्रदान गर्नुका साथै साहसिक जल खेलको विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =