एससीटीले सुरु गर्यो कर्पोरेट इन्टरनेट बैंकिङ सेवा

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडले स्विफ्ट टेक्नोलोजिजसँगको सहकार्यमा Internet Banking सेवा औपचारिक रूपमा सफलतापूर्वक सुरुवात गरेको छ ।

SCT ले कर्पोरेट, साना र मध्यम उद्यम (एसएमई), मिड कर्पोरेटदेखि ठुला कम्पनीसम्मलाई लक्षित गरेर सेवा सुचारु गरेको छ ।

यस सेवामार्फत ग्राहकहरूले Hierarchical  Approval  Mechanism,  single तथा bulk अपलोडमार्फत कारोबार गर्ने सुविधा, Maker – Checker प्रक्रिया, बिल भुक्तानी, तलब व्यवस्थापन, रकम स्थानान्तरण जस्ता सुविधाहरू सहज रूपमा उपयोग गर्न सक्नेछन् ।

साथै, प्रयोगकर्तामैत्री इन्टरफेस, सरल कन्फिगरेसन मेनु र व्यवसायहरूको आवश्यकता अनुरूप कस्टमाइज गर्न मिल्ने विशेषताहरूसमेत उपलब्ध छन् । हाल यस Corporate Internet Banking सेवामा आबद्ध हुने नेपालमा पहिलो बैंक ग्लोबल आइएमई बैंक लिमिटेड बनेको छ ।

बैंकले यस सेवालाई Biznex नाममा आफ्ना ग्राहकहरूलाई प्रदान गर्दै आएको छ, जसले बैंकका कर्पोरेट तथा व्यावसायिक ग्राहकहरूलाई अझ सहज, सुरक्षित र छरितो डिजिटल बैंकिङ अनुभव उपलब्ध गराएको बैंकले जनाएको छ । Biznex मार्फत ग्राहकहरूले दैनिक वित्तीय गतिविधिहरूलाई स्वचालित, द्रुत र व्यवस्थित बनाउन सक्ने भएकाले बैंकको सेवा क्षमतामा उल्लेखनीय वृद्धि भएको छ ।

यसका साथै, यस सेवाले वित्तीय कारोबारको पारदर्शिता, दक्षता र कार्यप्रवाह व्यवस्थापनलाई अझ मजबुत बनाइदिएको छ, जसले डिजिटल बैंकिङको नयाँ मापदण्ड स्थापनामा सहयोग पुर्‍याएको छ ।

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत SCT- UnionPay कार्ड तथा VISA कार्ड जारी गर्दै आइरहेको छ । SCT ले कार्ड सेवाका अतिरिक्त विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई Smart QR, Smart Pay – IBFT (अन्तर बैंक भुत्तानी सेवा), Smart Banking मोबाइल बैंकिङ्ग लगायतका सेवा समेत प्रदान गर्दै आइरहेको छ । विगत ३ वर्षदेखि SCT ले सञ्चालन गर्दै आएको Smart Banking सेवा संस्थाको Retail Omni Channel का रूपमा स्थापित भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 8 =