सिंहदरबारमा निर्वाचन तयारीबारे उच्चस्तरीय विमर्श
२०८२ पुस ७ गते

काठमाडौं । निर्वाचनको मिति नजिकिँदै गर्दा आवश्यक सुरक्षा प्रबन्ध र राजनीतिक वातावरण निर्माणका लागि निर्वाचन आयोगले आज (सोमबार) उच्चस्तरीय परामर्श गर्दैछ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो १ बजे तय गरिएको बैठकमा आयोगले प्रधानमन्त्री सुशीला कार्की, प्रमुख राजनीतिक दलका प्रतिनिधिहरू तथा सुरक्षा निकायका प्रमुखहरूसँग सामूहिक छलफल गर्न लागेको हो ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगले हालसम्म गरेका तयारी र उपलब्धिबारे बैठकमा जानकारी गराइनेछ । स्रोतका अनुसार, आयोगले निर्वाचनको व्यवस्थापकीय पाटोमा दलहरूको धारणा बुझ्ने र आवश्यक सुझाव लिने उद्देश्यले यो सर्वपक्षीय छलफल बोलाएको हो ।
२०८२ पुस ७ गते
प्रतिक्रिया
सम्बन्धित









