परराष्ट्रमन्त्री खनाल र रूसी महासङ्घका राजदूतबिच शिष्टाचार भेट
२०८३ असार १६ गते

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि रूसी महासङ्घका नवनियुक्त राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभले शिष्टाचार भेटवार्ता गरेका छन् ।
आज मन्त्रालयमा भएको भेटवार्तामा उनिहरूबीच नेपाल–रूस सम्बन्धका विभिन्न विषयहरूबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।
साथै दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा गरिने कार्यक्रमहरू तथा रूसी सेनामा रहेका नेपाली नागरिकसम्बन्धी विषयहरूमा विचार विमर्श भएको थियो ।
२०८३ असार १६ गते
प्रतिक्रिया
सम्बन्धित









