नेपाल बैंक लिमिटेडको ‘टप अप गरौँ बोनस पाऔँ’ अभियान सञ्चालनमा

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई लक्षित गरी बैंकको सेवा प्रदायक F1 Soft International Pvt.Ltd को सहकार्यमा ‘टप अप गरौँ बोनस पाऔँ’ अभियान सञ्चालन गरेको छ ।

ब्राण्ड प्रवर्द्धन एवम् डिजिटल बैंकिङ व्यवसाय अभिवृद्धिको लागि २०८२ पौष महिनाभरि लागु हुनेगरी उक्त अभियान सञ्चालन गरिएको हो ।

सो अभियान अवधिभर रु. २०० वा सो भन्दा माथिको रकम NBL Mobile Banking App मार्फत Top up गर्ने ८० जनालाई रु. १०० का दरले बोनस प्रदान गरिने र सो को घोषणा अभियान अवधि पश्चात् गरिने बैंकले जनाएको छ ।

यस अभियानले बैंकको डिजिटल बैंकिङ अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + thirteen =