एमाले महाधिवेशनको बन्दसत्र आजदेखि, भृकुटीमण्डपमा प्रतिनिधीको चहलपहल (तस्बिरहरू)
२०८२ मंसिर २८ गते

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औं महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा सुरु हुँदैछ ।
बिहान ८ः०० बजे बोलाइएको महाधिवेशनको बन्दसत्र १२ः३० बजे हुने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । केन्द्रीय कमिटी बैठक राखिएकाले बन्दसत्र सरेको हो ।
शनिबारदेखि सुरु भएको महाधिवेशनको बन्दसत्र आजदेखि हुँदैछ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
यस्तै, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अहिले बिहान ९ः०० बजे महाधिवेशनको पार्टी ११औँ राष्ट्रिय महाधिवेशन बन्दसत्रस्थल भृकुटीमण्डपमा केन्द्रीय कमिटी बैठक बोलाइएको जानकारी दिए ।
उनले पार्टीको विधान संशोधनसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको बताए ।
हेर्नुहोस् तस्बिरहरू:

२०८२ मंसिर २८ गते
प्रतिक्रिया
सम्बन्धित








