देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छ : मन्त्री परियार

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागि परेको बताएका छन् ।

सोमवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री परियारले १६ औँ पञ्चवर्षिय योजनाले लिएको सबैका लागि सुलभ र पौष्टिक खाद्यान्न सुनिश्चित गर्ने योजनाअनुसार नै सरकारका कार्यक्रम केन्द्रित रहेको दाबी गरेका हुन् ।

राष्ट्रिय रणनीतिहरु प्रदेश तथा स्थानीय तहका खाद्य प्रणाली रुपान्तरण योजनसँग समायोजित गरिएको बताए । साना तथा सिमान्तकृत कृषकहरुको क्षमता विकासमा सबै लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा वक्ताहरुले जलवायु अनुकुलनका खेती पद्धति अवलम्वन गर्ने दिशामा नेपाल लागिरहेको बताए ।

कृषि अनुसन्धानलाई प्रचारसँग जोडेर कृषिको उत्पादन र उत्पादकत्व बढाउनुपर्नेमा उनिहरुको जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =