प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट
२०८२ मंसिर २२ गते

एजेन्सी । कुवेत स्पेस रकेट टोलीले प्रक्षेपण गर्ने प्रयास गरेको सानो रकेट जहरा गभर्नरेटमा विस्फोट भएको छ । प्रज्वलन भएको केही समयपछि विस्फोट भएको बताएको छ ।
तमोह–३ नाम दिइएको रकेट लगभग ३।२ मिटर लामो थियो । जसको अधिकतम थ्रस्ट लगभग १२ हजार न्यूटन थियो । यो निर्देशांक, गति, उचाइ, प्रवेग र अन्य उडान डेटा रेकर्ड गर्न डिजाइन गरिएका जिपिएस उपकरणहरूले सुसज्जित थियो ।
टोलीकाअनुसार यो यसको चौथो प्रक्षेपण प्रयास थियो ।
यसले आफ्नो विकास प्रयासहरू जारी राख्दै विस्फोटको कारणको अनुसन्धान गर्ने बताएको छ । २०१८ मा स्थापित, कुवेत स्पेस रकेट टोलीले कुवेतको अन्तरिक्ष अनुसन्धान र वैज्ञानिक अन्वेषण पहलहरूमा योगदान पुर्याउने लक्ष्य राख्दै विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितका इन्जिनियरहरू र विशेषज्ञहरूलाई एकसाथ ल्याउँछ ।
२०८२ मंसिर २२ गते
प्रतिक्रिया
सम्बन्धित








