जलाहरी चैत्यको ह्राब्ने पूजा तथा ऐतिहासिक कुवा पुननिर्माण

काठमाडौँ । काठमाडौँ महानगरपालिका ६ स्थित तीनचुली नागेश्वरमा जलाहरी चैत्यको ह्राब्ने पूजा तथा ऐतिहासिक कुवा पुननिर्माण पश्चात् उद्घाटन गरिएको छ ।

श्री बौद्धनाथ क्षेत्र विकास समितिद्वारा स्थापना गरिएको जलाहरी चैत्यको बौद्ध परम्परा अनुसार ह्राब्ने पूजा तथा ऐतिहासिक कुवा पुननिर्माण पश्चात् आज एक कार्यक्रमका बीच समितिका अध्यक्ष राजकुमार लामाले उद्घाटन गरेका हुन् ।

पुरातात्त्विक र ऐतिहासिक महत्वका सम्पदाको संरक्षणमा श्री बौद्धनाथ क्षेत्र विकास समिति ले सक्रियता दिँदै आएको समितिका अध्यक्ष राजकुमार लामाले बताए ।

संरक्षणको अभावमा नामेट हुँदै जान थालेका यस्ता ऐतिहासिक सम्पदाको संरक्षण गर्नु सबैको दायित्व भएको उनको भनाई थियो । कुवाको मर्मत तथा जिर्णोद्वार गरिएपछि ऐतिहासिक विरासत मानिएको सो कुवाले पुनर्जीवन पाएको स्थानीयको भनाई छ ।

कार्यक्रममा श्री बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मोहन तामाङ, समितिका पदाधिकारी पशुपतिनाथ श्याम खतिवडा , रग्वा शेर्पा लगायत स्थानीयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 3 =