चीनमा ६.० म्याग्निच्युडको भूकम्प

एजेन्सी । चीन भूकम्प नेटवर्क केन्द्रका अनुसार उत्तरपश्चिम चीनको सिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा भूकम्प गएको छ ।

किजिल्सु किर्गिज स्वायत्त प्रान्तको अक्की काउन्टीमा बिहीबार ६.० म्याग्निच्युडको भूकम्प गएको हो ।

केन्द्रबिन्दु ४१.१३ डिग्री उत्तरी अक्षांश र ७८.४० डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको थियो । भूकम्प १० किलोमिटरको गहिराइमा गएको जनाएको छ । भूकम्पबाट ठुलो क्षति नभएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − one =