वसन्तपुरमा योमरी पुन्ही र ज्यापू दिवसको रैनक (तस्बिरहरू)

काठमाडौं । नयाँ धान भित्र्याएको खुसीयालीसँगै नेवार समुदायले आज देशभर योमरी पूर्णिमा (योःमरी पुन्ही) धूमधामसँग मनाइरहेका छन् ।

’थिन्ला पुन्ही’ नामले समेत चिनिने यो पर्वमा नयाँ धानको चामलको पिठो, चाकु र तिल मिसाएर बनाइने मिठाई योःमरी यस चाडको मुख्य प्रतीक हो ।

परम्पराअनुसार, धान राख्ने भकारी वा भण्डार कोठामा पूजा–आराधना गरी वर्षभर फलिफाप होस् भन्ने कामना गरिन्छ। घर र शरीर शुद्ध गरी पकाइएका योःमरी लक्ष्मी, गणेश, कुमार, कुवेरलगायतका देवतामा अर्पण गरेपछि मात्र खाने चलनले यो पर्वको धार्मिक गहिराइ झल्काउँछ ।

यो दिन ‘ज्यापु दिवस’ पनि मनाइन्छ, जसले समुदायको श्रम, पहिचान र सांस्कृतिक योगदानलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको छ ।

यसैबीच, काठमाडौंको वसन्तपुर क्षेत्रमा आज बिहानैदेखि योःमरी पुन्हीको रौनक छाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + four =