मंसिर १८ गते बिहिवार, यस्तो छ आजको राशिफल

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेहनत अनुसारको परिणामले आत्मविश्वास जगाउनेछ । सहयोगीहरूको साथ मिल्नाले नयाँ काममा मन लाग्नेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ भने बोलीको प्रभावले धेरैलाई प्रभावित पार्न सक्नुहुनेछ । कला वा चलचित्रको क्षेत्रबाट विशेष लाभार्जन गर्न सकिनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) साहित्य वा लेखन कलामा प्रगति हुनेछ । चुनौतीहरूलाई पन्छ्याउँदै नयाँ कीर्तिमान स्थापित गर्न सक्नुहुनेछ । व्यापार व्यवसायमा मनग्य लाभ हुनेछ । आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ८ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मेहनतले गर्दा पहिला रोकिएका प्रतिफल प्राप्त हुनेछन् । शिक्षाको क्षेत्रमा मानसम्मान पाउनुका साथै विशेष उपहार प्राप्त होला । मांगलिक कार्यको चर्चा हुनेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शैक्षिक क्षेत्र फराकिलो बन्नेछ। पारिवारिक सद्भावमा कमी आउनेछ । जग्गा जमिनबाट लाभ मिल्नेछ । स्वास्थ्यमा टाउको दुख्ने समस्याले सताउनेछ । आजका शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रचनात्मक कार्य प्रारम्भ गर्न सकिनेछ । रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलाका कमी कमजोरीलाई सुधार्ने समय रहेको छ । आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ कामको प्रस्ताव आउनेछ । परिस्थितिवश आफन्तहरूबाट टाढिनुपर्ला । लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुनेछ । लेनदेनमा साथीभाइसँग असमझदारी बढ्ला सावधान रहनुहोस् । आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) श्रमको उचित मूल्यांकन पाइनेछ । व्यापारमा राम्रो फड्को मार्न सक्नुहुनेछ । पहिलाका रोकिएका कामहरू बन्नेछन् । नोकरीमा जिम्मेवारी बढ्नेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सञ्चित धन खर्च गर्नुपर्ला । अवसरवादीहरूले हजुरको कमी कमजोरीको फाइदा उठाउनेछन् । उपलब्धिहीन कार्यमा समय व्यतीत हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अरुको सहयोगमा जुट्नु परे पनि आफैंलाई लाभ हुनेछ । तारिफ योग्य सामाजिक कार्य सम्पादन गर्न सकिनेछ । मेहनत अनुसार राम्रो उपलब्धि प्राप्त हुनेछ । आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रतीक्षित नतिजा कमजोर देखिनाले केही काम दोहोराएर गर्नुपर्ला । नोकरी वा पेशामा सहयोगीहरुबाट सहयोग पाइनेछ । अप्ठ्यारा समस्यालाई आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ । आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) काम बन्न समय लागे पनि सकारात्मक संकेत प्राप्त हुनेछ । यात्रा अलि कष्टपूर्ण रहनेछ । व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ सावधान रहनुहोला । अतिथिको रूपमा मानसम्मान प्राप्त होला । आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ ।








