महाधिवेशनका लागि समय कम भयोः नेता कोइराला

चितवन । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन् ।

आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना समय आवश्यक पर्ने बताए । कोइरालाले भने, ‘समय कम भयो । महाधिवेशन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ ।’ उनले पार्टीले पुसमा गर्ने निर्णय गरेको भए पनि हुन्छ या हुन्न भन्नेमा टुङ्गो नभएको बताए ।

यद्दपि सबै महाधिवेशनको तयारीमा जुट्नुपर्ने उनको भनाइ छ । जेनजीलाई समेत महाधिवेशनमा समेटेर लैजानुपर्ने उनले बताए ।

महाधिवेशनमा उम्मेद्वारीका सम्बन्धमा उनले भने, ‘सभापतिका लागि लड्ने भनेको थिएँ । शेखर दाई हुनुहुन्छ । उहाँ पनि इच्छुक हुनुहुन्छ । कुरा भइरहेको छ । दुई जनामध्ये एक जना लड्छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =