भारतको चक्रवात डिट्वाबाट ३ जनाको मृत्यु

एजेन्सी । दक्षिणी भारतीय राज्य तमिलनाडुमा चक्रवात डिट्वाहले गर्दा भएको वर्षासँग सम्बन्धित घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको छ । लगभग १५० गाईबस्तु मरेका छन् ।

वर्षाले २०० भन्दा बढी घर र झुपडीहरूमा क्षति पुर्याएको छ । राज्यको ५६ हजार हेक्टर खेतीयोग्य जमिन डुबानमा पारेको छ । स्थानीय अधिकारीहरूकाअनुसार भारी वर्षाको पूर्वानुमान गरिएका जिल्लाहरूमा ३८ राहत शिविरहरू स्थापना गरिएको छ ।

यसैबीच, राज्य विपद् प्रतिक्रिया बल र राष्ट्रिय विपद् प्रतिक्रिया बलका २८ टोलीहरू खटाइएको छ । चक्रवात डिट्वा शुक्रवार श्रीलंकामा फैलिएको थियो । जसमा मुसलधारे वर्षाले पहिरो र बाढी निम्त्याएको थियो ।

मृत्यु हुनेको संख्या २ सय १२ पुगेको छ र देशमा २ सय १८ जना बेपत्ता भएको रिपोर्ट गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =