विगत ३५ वर्षसम्म काँग्रेस–कम्युनिष्ट मिलेर मुलुकलाई ध्वस्त बनाए : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस–कम्युनिष्ट मिलेर मुलुकलाई ध्वस्त बनाएको आरोप लगाएका छन् ।

पार्टी निकट समाजवादी युवा संघ नेपालको केन्द्रीय समितिको पहिलो बैठकलाई सोमवार ललितपुरमा सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले गत ३५ वर्षसम्म कांग्रेस र कम्युनिष्ट शक्तिले मुलुकको शासन सञ्चालन गरे पनि शिक्षा, स्वास्थ्य तथा रोजगारीजस्ता क्षेत्रमा राज्यले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताए ।

उनले मुलुकमा भ्रष्टाचार, अराजकता र कमिशनतन्त्र मौलाउँदै गएको गएको भन्दै त्यसका विरुद्ध युवाहरू विद्रोहमा उत्रिएको बताए ।

उनले भने, ‘अहिले मुलुकको राजनीति अत्यन्त संकटमा छ । नेपालमा बहुदल व्यवस्था आइसकेपछि करिब ३५ वर्षसम्म काँग्रेस–कम्युनिष्टले शासन गरे । अरूहरुले केही मन्त्रालय अथवा सहयोगी भूमिका निभाए । आज मुलुक शिक्षाको क्षेत्रका हिसाबले ध्वस्त भयो । स्वास्थ्यको क्षेत्रमा पनि त्यस्तै छ । युवाहरूलाई राम्रो शिक्षा र रोजगारी समेत दिन सकेनौं । ३५ वर्ष कम्युनिष्ट–काँग्रेसहरुको शासनमा गुणस्तरीय शिक्षा र रोजगारीको व्यवस्था पनि हुन सकेन । मुलुकमा भ्रष्टाचार, अराजकता, कमिशनतन्त्र बढेर गयो । जसको परिणाम युवाहरूले विद्रोह गरे । अब फेरि ति शक्तिहरूले केही गर्न सक्नेवाला छैनन् ।’

फेरि पनि पुरानै राजनीतिक शक्तिहरुकाट मुलुकले निकास पाउन नसक्ने उनको तर्क छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 20 =