श्रीलंकाको मौसमी प्रकोपमा मृत्यु हुनेको संख्या १५३ पुग्यो

एजेन्सी । श्रीलंकाको विपद् व्यवस्थापन केन्द्रले शनिवार साँझ चक्रवात दिट्वाका कारण आएको बाढी र पहिरोका कारण १ सय ५३ जनाको मृत्यु भएको बताएको छ ।

धेरै जिल्लाहरूमा खोज र राहत कार्य तीव्र पारिएको छ । १ सय ९१ जना अझै बेपत्ता रहेको बताइएको छ । सबै जिल्लाका २ लाख १७ हजार २ सय ६३ परिवारका ७ लाख ७४ हजार ७ सय २४ जना भारी वर्षा, बाढी र पहिरोबाट प्रभावित भएको बताइएको छ ।

२७ हजार ४ सय ९४ परिवारका १ लाख ८ सय ९८ जना हाल ७९८ निकासी केन्द्रहरूमा बसिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =