समाजवादी प्रेस सङ्गठनद्वारा श्रमजीवी पत्रकारको पेसागत सुरक्षाको माग

काठमाडौं । समाजवादी प्रेस सङ्गठन नेपालले श्रमजीवी पत्रकारको पेसागत सुरक्षा तथा पेसागत हकहितका विषयलाई अझ सशक्त रूपमा अगाडि बढाउने निर्णय गरेको छ ।

सङ्गठनको अध्यक्ष शम्भु श्रेष्ठको अध्यक्षतामा आज बसेको कार्यालय बैठकले सङ्गठन बाहिर रहेका र अन्य प्रगतिशील पत्रकारहरूलाई पनि यो अभियानमा जोडिन आह्वान गरेको हो ।

बैठकले नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) लगायतका विचार मिल्ने वामपार्टीहरूबीच हालै भएको एकताको स्वागत गरेको छ । विचार मिल्ने पार्टीहरूबीच भएको एकतालाई सङ्गठनले सकारात्मक रूपमा लिने निर्णय गर्दै एकताको स्वागत गरेको हो ।

वाम शक्तिबीच सुरु भएको ध्रुवीकरण प्रक्रियालाई सहज ढङ्गले लिने र त्यसका लागि आवश्यक वातावरण बनाउने निर्णय गरेको बैठकले एकताबद्ध भएका पार्टीका भातृ सङ्गठनहरूबीच हुने एकीकरण सम्मानजनक हुनुपर्ने निर्णय गरेको उपमहासचिव प्रेम गौतमले जानकारी दिए ।

मुलुकमा विद्यमान समस्या समाधानका लागि कम्युनिष्ट एकताको ऐतिहासिक आवश्यकतावोध गर्दै बैठकले कम्युनिष्ट आन्दोलनमा विभाजन, विघटनको क्रम चलिरहेको बेला प्रगतिशील शक्तिहरूको एकताले आमजनतालाई उत्साहित बनाएको ठहर गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =