दुर्गा प्रसाईं र गृहमन्त्री अर्यालबीच गृह मन्त्रालयमा वार्ता

काठमाडौँ । अभियानकर्ता दुर्गा प्रसाईं र गृहमन्त्री ओमप्रकाश अर्यालबीच गृह मन्त्रालयमा वार्ता भएको छ ।

गृहमन्त्रीको सचिवालयका अनुसार प्रसाईं र गृहमन्त्रीबीच राजनीतिक विषयमा छलफल भएको हो । प्रसाईं नेतृत्वको समूहसँग सरकार यसअघि पनि दुई पटक वार्तामा बसेको थियो ।

राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति बचाउ महाअभियानका संयोजक प्रसाईंले ७ मंसिरदेखि देशव्यापी बन्दको आह्वान गर्दै विभिन्न संरचनालाई पत्राचार गरेका थिए ।

तर ६ मंसिर राति बालुवाटारमा अभियान र सरकारबीच सहमति भएपछि आन्दोलन फिर्ता लिइएको थियो ।

यसअघि मंसिर १ गते प्रहरीले प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ गरेको थियो । आन्दोलन घोषणा गर्दै भड्काउपूर्ण अभिव्यक्ति दिएको र उनका गतिविधिबाट हिंसा भड्किन सक्ने आकलनपछि प्रहरी टोलीले भक्तपुरको ठिमीस्थित निवासबाट उनलाई मध्यरातमा पक्राउ गरि अनुसन्धान अघि बढाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 13 =