सडकका जेनजीभन्दा काँग्रेसका जेनजी क्षमतावान छन् : प्रतिमा गौतम

काठमाडौँ । नेपाली काँग्रेसकी केन्द्रिय सदस्य प्रतिमा गौतमले हाल जेनजीको नाममा मुभमेन्ट चलाउनेहरु भन्दा काँग्रेसमा भएका जेनजीहरु धेरै क्षमतावान भएको बताएकी छन् ।
स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपाल राष्ट्रिय अधिवेशनमा बौल्दै उनले काँग्रेसको जेनजी भनेको नेपाल विद्यार्थीसंगमा आवद्ध भएका २८ वर्ष मुनिका विद्यार्थी रहेको बताइन् ।
उनले हाल चर्चामा रहेका जेनजीहरुमा राजनीतिक चेतना कमजोर भएको बताउँदै काँग्रेसमा भएका जेनजीहरु धेरै काविल र क्षमतावान भएको दाबी गरिन् । पार्टीभित्र जेनजीको क्षमतालाई उपयोग गर्ने र अवसर दिने दुवै काम हुने उनको भनाई छ ।
उनले पछिल्लो समय देशको परिस्थिति बदलिएकोले पार्टी र देश निर्माणको अभिभारा युवा विद्यार्थीमा आएको बताइन् । उनले पार्टीमा पनि धेरै कुराहरु बदल्न बाँही रहको उल्लेख गरिन् ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले सबै पुस्ता मिलेर देश निर्माणमा लाग्नुपर्ने बताइन् ।
उनले फागुन २१ गते हुने निर्वाचनमा पार्टी नयाँ धारणाकासाथ जनतामा जाने उल्लेख गर्दै नेपाल विद्यार्थी संघ पनि वास्तविक जेनजी आफूहरु भएको दाबी गर्दै निर्वाचनमा लाग्नुपर्ने बताइन् ।








