विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति नरहने कानुनी व्यवस्था गरिन्छ: मन्त्री पुन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति नरहने व्यवस्था गर्न आफू लागि परेको बताएका छन् ।

बुधवार त्रिभुवन विश्वविद्यालय सभा बैठकपछि सञ्चारकर्मीमाझ उनले विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति नरहनेगरी कानुन ल्याउने प्रयास भइरहेको बताएका हुन् ।

त्रिभुवन विश्वविद्यालयका सहकुलपति समेत रहेका मन्त्री पुनले वर्तमान सरकारले आफ्नै पालामा अध्यादेशबाट भएपनि सो सम्बन्धी कानुन ल्याउन लागेको पनि स्पष्ट पारे ।

उनले सो सम्बन्धमा कसरी कानुनी व्यवस्था गर्ने भन्नेबारेमा कानूनविद्हरुसँग छलफल भइरहेको समेत जानकारी दिए । विश्वविद्यालयहरूमा कुलपति प्रधानमन्त्री नरहने व्यवस्था गर्न प्रधानमन्त्री सुशीला कार्की पनि सकारात्मक रहेको मन्त्री पुनले बताए ।

उनले भने ‘कानुन कसरी आउँछ ? हेर्दैछौँ । तर विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति नरहनेगरी कानुन ल्याउने प्रयास हुँदै छ । अध्यादेशबाट हुन्छ कि के छ कानूनविदहरुसँग सरसल्लाह हुँदै छ । हाम्रो पालामा यो हटाउने भनेर एकदम न्वारनदेखिको बल लगाएर यसलाई हटाउने भन्ने भएको छ । अब न्वारनदेखिको बलले पुग्छ कि पुग्दैन, थाहा छैन । यो विषयमा प्रधानमन्त्रीसँग पनि कुरा भइरहेको छ । उहाँ सकारात्मक हुनुहुन्छ ।’

त्यस अवसरमा मन्त्री पुनले सो विश्वविद्यालयका अनुसन्धान केन्द्रहरूलाई प्रभावकारी ढङ्गले अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे । सरकारले सो विश्वविद्यालयको अनुसन्धान केन्द्रहरूलाई देशको थिङ्क टयांकको रूपमा स्थापित गराउन चाहेको उनको भनाई थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 14 =